सोमबार, वैशाख ८, २०८२

पुन २१ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल भोलि सोमबार

नेपालखोज २०८० कार्तिक १९ गते १२:३०

काठमाडौं । सरकारको लागि आन्तरिक ऋणको जोहो गर्न नेपाल राष्ट्र बैंकले पुन २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति कात्र्तिक २१ गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

राष्ट्र बैंकका अनुुसार बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १२ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० माघ २३ गते र २०८१ बैशाख २५ गते तोकिएका छन् । यि सबै ट्रेजरीहरु बिलहरु पुरानो नविकरण अन्तर्गतका हुन ।

यसअघि यही कात्र्तिक १३ गते पनि २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया