पुन १७ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल भोलि शुक्रवार

काठमाडौं । सरकारको लागि आन्तरिक ऋणको जोहो गर्न नेपाल राष्ट्र बैंकले पुन १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
भोलि शुक्रबार अपरान्ह १२ः३० बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।
बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति मंसिर एक गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।
राष्ट्र बैंकका अनुुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन एक गते र २०८१ जेठ एक गते तोकिएका छन् ।
यि सबै ट्रेजरीहरु बिलहरु पुरानो नविकरण अन्र्तगतका हुन । यसअघि यही कात्र्तिक २० गते पनि २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया