बुधबार, वैशाख १०, २०८२

छाती दुख्ने कारण एउटै हुँदैन

नेपालखोज २०८० कार्तिक २६ गते १२:११

छाती दुख्ने समस्याका अहिले आम समस्या बन्दै गएको छ । यसले धेरैलाई समस्यामा पारेको छ । सामान्यतया छातीको पिडालाई हृदयघातसँग जोडिन्छ , यद्यपि छाती दुख्ने कारण विभिन्न हुनसक्छन् ।

हिजोआजका मानिसहरु अनेकन समस्याका कारण चिन्तामा छन् । यस्तो अवस्थामा स्वस्थ खानपान र सहि जीवनशैली अपनाउनुका साथै आफु भित्र भैरहेको परिवर्तनलाई पनि ध्यान दिनुपर्छ । धेरै समस्या यस्ता हुन्छन् जसका लक्षण हाम्रो शरीरमा प्रत्यक्ष अनुभव हुन्छ । छातीको पीडा ती लक्षण मध्ये एक हो । छाती दुख्नु हार्ट अट्याकको मुख्य लक्षण हो जसका कारण मानिसहरु छिट्टै आत्तिन्छन् ।

छातीको पिडा गम्भीर समस्या पनि हुन सक्छ जसलाई समयमै पहिचान गर्नु पर्छ । यस्तो अवस्थामा छाती दुख्ने खतरनाक प्रकार र यसका लक्षणहरू पहिचान गर्नु निकै महत्त्वपूर्ण हुन्छ । छातीमा हुने पिडाको डरलाग्दो लक्षण सामान्यतया व्यापक क्षेत्रमा (वाइड एरिया) देखिन्छ ।

यस्तो दुखाइ छातीको दायाँ वा बायाँ छेउमा नहुन सक्छ। यो बङ्गारा देखि पाखुरामा सम्म जान सक्छ वा पछाडि ढाडमा समेत महसुस गर्न सकिन्छ । छातीको पिडा सबै भागमा सँगै वा अलग–अलग रूपमा महसुस हुन सक्छ ।

यी हुन् हृदयघातका लक्षण

यदि बस्दा पनि उस्तै पिडा महसुस भयो र यो १५ मिनेट भन्दा बढी रह्यो भने यो छातीको सामान्य दुखाइ हुन सक्छ । अर्कातर्फ यदि यी लक्षणहरूसँगै अत्यधिक पसिना आउने, घबराहट हुने, बेहोसी वा अत्यधिक थकान महसुस हुन्छ भने त्यो हृदयघातको लक्षण हुन सक्ने सम्भावना हुन्छ ।

निम्न लक्षणबाट हृदयघातको पहिचान गर्न सकिन्छ :

– हिड्दा सास फेर्न गाह्रो हुन्छ ।
– थकान महसुस हुन्छ ।
– मुटुको धडकन सामान्य भन्दा बढी हुन्छ ।
– बेहोशी
– कतिपय अवस्थामा अन्य कारणले पनि छाती दुख्ने समस्या हुन्छ जसका कारण मानिसहरु प्रायः छातिको पिडालाई बेवास्ता गर्छन् । यद्यपि कहिलेकाहीँ यस्तो बेवास्ता घातक साबित हुन सक्छ ।

८ कारण जसलाई बेवास्ता गर्नु हुँदैन :

एनजाइना
यो छातीको पिडा विशेष गरी कोरोनरी धमनी रोगका कारणले हुन्छ । यसमा पिडितले छातीमा दबाब महसुस गर्छन् ।

प्लोराइटिस
यो छातीको पिडा फोक्सोको तहमा हुने जलनका कारणले हुन्छ । यसमा सास फेर्दा, हाच्छ्युँ गर्दा वा खोक्दा तीव्र पिडा महसुस हुन्छ ।

प्यानिक एटेक
यस्तो पिडामा अक्सर नर्वस महसुस हुन्छ । यसमा स्वास बढनुका साथै पिडा महसुस हुन्छ ।

शिंगल्स
यो छातीमा उत्पन्न हुने गहिरो पीडा हो । यस्तो पिडा छातीदेखि ढाडसम्म फैलन्छ।

कोस्टोकोन्ड्राइटिस
कोस्टोकोन्ड्राइटिस पनि छाती दुख्ने एउटा कारण हो । स्तनको हड्डीसँग जोड्ने सहायक हड्डी सुन्निएको अवस्थामा यस्तो पीडा महसुस हुन्छ ।

ग्यास्ट्रोइसोफेगल रिफ्लक्स
यो छातीको पिडाको कारण रिफ्लक्स हो । यस प्रकारको पिडामा छाती पोलेको महसुस हुन्छ ।

स्पाम्स
यस प्रकारको पिडा इसोफेगस अर्थात् खानाको नली खुम्चिएपछि महसुस हुन्छ ।

निमोनिया
यस्तो पिडा अक्सर फोक्सोको संक्रमणका कारणले हुन्छ । यसमा छातीमा तीव्र र घोच्ने खालको पिडा हुन्छ ।

यो लेखमा उल्लेखित सल्लाह-सुझाव सामान्य जानकारी दिने उद्देश्यले प्रस्तुत गरिएका हुन् । यसलाई व्यावसायिक चिकित्सा सल्लाहका रूपमा लिनु हुँदैन । यदि यस बिषयमा कुनै प्रश्न वा चिन्ता छ भने चिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया