मन्त्रिपरिषद्को निर्णय : टिकटक ब्यान्ड
नेपालखोज
२०८० कार्तिक २७ गते १३:२२

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को वैठकले टिकटक ब्यान्ड गर्ने निर्णय गरेको छ ।
वालुवाटार स्रोतका अनुसार सोमबार बसेको बैठकले अराजकता र सामाजिक विकृति फैलाएको भन्दै सामाजिक सन्जाल टिकटक ब्यान्ड गर्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया