घरमै गर्न सकिने थाइराइडको उपचार

अहिले धेरै मानिसहरु थाइराइडको समस्याबाट ग्रसित छन् । यो रोगमा तौल बढ्नु वा घट्नुका साथै हार्मोन असन्तुलित हुन्छ । पुरुषको तुलनामा महिलामा थाइराइडको समस्या १० गुणा बढी हुने गरेको छ ।
विज्ञहरूका अनुसार शरीरका अंगहरूको सामान्य कामका लागि थाइराइड हार्मोन आवश्यक हुन्छ तर त्यसमा असन्तुलन भयो भने समस्या हुन्छ ।
थाइरोइडको सामान्य कारण अटोइम्यून थाइरोइड रोग हो । यो एक अनुवंशिक अवस्था हो जसमा प्रतिरक्षा प्रणालीले एन्टिबडीहरू उत्पादन गर्छ र थाइरोइड ग्रन्थिहरूलाई थप हार्मोन उत्पादन गर्न उत्तेजित गर्छ ।
थाइराइड दुई प्रकारका हुन्छन् ।
– हाइपर थाइरोइडिज्म
– हाइपोथाइराइडिज्म
हाइपर थाइरोइडिज्मका लक्षण
– तौल घट्नु, हात काँप्नु
– गर्मी झेल्न नसक्नु, अनिद्रा
– बढि तिर्खा लाग्नु, धेरै पसिना आउनु
– मुटुको धड्कन बढनु, कमजोरी, चिन्ता तथा अनिद्रा ।
हाइपोथाइराइडिज्मका लक्षण:
– सुस्ती, थकान तथा कब्जियत
– मुटुको गति सुस्त हुनु , चिसो लाग्नु
– छाला तथा केश सुख्खा हुनु
– महिलाहरूमा अनियमित मासिक धर्म
– बाँझोपन आदि ।
थाइरोइडको घरेलु उपचार
अदुवा
अदुवामा पाइने पोटासियम, म्याग्नेसियम आदिले थाइराइडको समस्याबाट छुटकारा दिलाउँछ। अदुवाको एन्टी–इन्फ्लेमेटरी गुणले थाइरोइडलाई बढ्नबाट रोक्छ र यसको कार्यप्रणालीमा सुधार ल्याउँछ ।
दूध र दही
थाइरोइडको समस्याबाट ग्रसित व्यक्तिहरूले दही र दूध प्रयोग गर्नु राम्रो हुन्छ । दूध तथा दहीमा पाइने क्याल्सियम, मिनरल्स एवं भिटामिनले थाइराइड पीडितहरुलाई राहत दिन्छ ।
आलस
आलसको दानामा फ्याटी एसिड हुन्छ जुन हाम्रो मुटुका लागि मात्र होइन थाइरोइडको समस्यामा पनि प्रभावकारी साबित हुन्छ । यसमा पाइने म्याग्नेसियम तथा भिटामिन बी १२ हाइपोथायराइडिज्मसँग लड्न सक्षम पाइएको छ ।
नरिवलको तेल
नरिवलको तेलमा फ्याटी एसिड हुन्छ जसले थाइरोइड ग्रन्थीको उचित काममा मद्दत गर्छ । नरिवलको तेलको सन्तुलित प्रयोगले तौल घटाउन मद्दत गर्छ । यसले मेटाबोलिज्म बढाउँछ भने शरीरको तापक्रम सन्तुलनमा राख्छ ।
मुलेठी
थाइरोइडका रोगीहरूले चाँडै थकित महसुस गर्छन् । यस्तो अवस्थामा मुलेठी सेवन गर्नु फाइदाजनक हुन्छ । मुलेठीमा पाइने तत्वले थाइराइड ग्रन्थीलाई सन्तुलित राख्छ । यसले थकानलाई ऊर्जामा परिणत गर्छ । थाइराइडको समस्यामा मुलेठीले क्यान्सरको जोखिम कम गर्छ ।
अन्न
जौ, गहुँ जस्ता अन्नबाट बनेका खानेकुरा खाँदा थाइराइडको समस्या सँग जुध्न सहज बनाउँछ । होल ग्रेनमा फाइबर, प्रोटिन तथा भिटामिन प्रशस्त मात्रामा पाइन्छ जसले थाइरोइडलाई बढ्न दिदैन । गहुँ र ज्वारले साइनस, उच्च रक्तचाप र रक्तअल्पता जस्ता समस्या रोक्न पनि प्रभावकारी रूपमा काम गर्छ ।
प्रतिक्रिया