पुन २३ अर्ब २३ करोड रुपैयाँँको ट्रेजरी बिल आगामी सोमबार

काठमाडौं । सरकारको लागि आन्तरिक ऋणको जोहो गर्न नेपाल राष्ट्र बैंकले पुन २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । आगामी सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।
बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति मंसिर पाँच गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।
राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको सात अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको आठ अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० पुस तीन गते, २०८० फागुन आठ गते र २०८१ जेठ आठ गते तोकिएका छन् । यि ट्रेजरीहरुमा ९१ दिने अवधिको तीन अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने सबै पुरानो नवीकरण अन्र्तगतका हुन ।
यसअघि यही कात्र्तिक २४ गते पनि १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया