टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणले बनायो समिति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ ।
दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् ।
उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे/ नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेश गर्ने संयोजक विजयकुमार रायले जानकारी दिए ।
‘हामी कुन कुन आइएसपीले टिकटक प्रतिबन्ध लगाए,कुन कुनले सकिरहेका छैनन् वा कठिनाइ भरहेको छ, त्यसको खोज अनुसन्धान गरिरहेका छौं, यसबारेमा ७ दिनभित्रै रिपोर्ट तयार गर्नेछौं ।’
प्रतिक्रिया