आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४५ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया