राष्ट्र बैंकले पुनः १८ अर्ब ५० करोड रुपैयाँँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने मंसिर १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० पुस १० गते, वि.सं २०८१ जेठ १५ गते र वि.सं २०८१ मंसिर ११ गते तोकिएको छ । यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।
यसअघि यही असोज २४ गते पनि राष्ट्र बैकले २३ अर्ब २३ करोड ३२ लाख रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया