बिना लाज सम्पन्न गर्नैपर्ने चार काम !

आचार्य चाणक्यले जीवन सुधार्ने अनेकन उपाय र सुझाव दिएका । उनले राजनीति, समाज तथा अर्थतन्त्रसँग सम्बन्धित नीतिहरू मात्र लेखेनन् पारिवारिक एवं व्यक्तिगत जीवनसँग सम्बन्धित सफलताका नियमहरू पनि बताए । आचार्यले आफ्नो कृति चाणक्य नीतिमा ४ वटा कामको विवरण दिएका छन् जुन पुरुष तथा महिलाले आफ्नो जीवनमा कुनै लाज बिना सम्पन्न गर्नुपर्छ । चाणक्यले सबैलाई गर्न सल्लाह दिएका चारवटा कुरा स्
पैसा कमाउन लाज नमान्नुहोस्
आरामदायक तथा सुखी जीवनका लागि पैसा चाहिन्छ । हाम्रा प्रायः सबै आवश्यकताहरू पैसासँग सम्बन्धित छन् । हरेक व्यक्तिले जीवनमा विभिन्न प्रकारका काम गर्छन् ताकि उसले आफ्ना आवश्यकताहरु पूरा गर्न पैसा कमाउन सकोस । चाणक्यका अनुसार मानिसले पैसा कमाउन कुनै पनि काम गर्न हिचकिचाउनु हुँदैन । अनैतिक काम बाहेक पैसा प्राप्त हुने कुनै पनि काम गर्दा लाज मान्नु हुँदैन ।
ऋणको पैसा फिर्ता माग्न नहिचकिचाउनुहोस्
कसैलाई उधारोमा दिएको आफ्नो सामान वा पैसा फिर्ता माग्न निकै हिचकिचाउने मानिस थुप्रै हुन्छन् । यस्तो व्यवहारका कारण उनीहरू आफैले निकै कष्ट समेत।भोग्नु पर्छ । त्यसैले आचार्य चाणक्यले कुनै लाज नमानी आफुले दिएक ऋणको पैसा समयमै फिर्ता माग्नुपर्ने कुरा बताएका छन् ।
गुरुबाट शिक्षा लिँदा लाज नमान्नु
गुरुहरू हाम्रा मार्गदर्शक हुन् जसले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छन् । तिनीहरूले हाम्रो जीवनलाई राम्रो सँग बुझ्छन् र तदनुसार हामीलाई जीवनमा राम्रो गर्न शिक्षा पनि प्रदान गर्छन् । त्यसकारण आफ्नो शिक्षक वा शिक्षिका सँग कुनै पनि हिसाबले लाज मान्नु हुँदैन। गुरुका अगाडि जीवनका सबै आयाम खोलेर उनिबाट पाठ लिनुपर्छ ।
खान लाज नमान्नुहोस्
मानिसले आफ्नो भोकका लागि सबै काम गर्छ। आफु र आफ्नो परिवारको ख्याल राख्नु कुनै पनि व्यक्तिको पहिलो प्राथमिकता हो । कतिपय मानिस यस्ता हुन्छन जो कतिपय अवस्थामा खाना खान लाज मान्छन । आचार्य चाणक्य भन्छन् – मानिसले भोक लागेका बेला खाना खानुपर्छ , नत्र दिनभर भोकै हुनु पर्ने हुन सक्छ । त्यसैले खाना खाँदा लाज मान्नु हुँदैन ।
प्रतिक्रिया