वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा
नेपालखोज
२०८० मंसिर १७ गते १९:३७

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।
न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।
बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएको बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालिन निर्देशक डा. सन्तोष पौडेललाई गत शुक्रबार कुनै आधार विना नै पदीय जिम्मेवारी नहरने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया