वास्तु ज्ञान : घरको महत्वपूर्ण स्थानका लागि रंग छनोट

वास्तुशास्त्रमा आज हामी ड्राइंग रुमको रङका बारेमा कुरा गर्नेछौं । बैठक कोठा घरको महत्त्वपूर्ण ठाउँ हो । बैठक कोठा जहाँ हामी आरामसँग बस्न र अरूसँग कुरा गर्न र एक कप चिया पिउन सक्छौं । घरमा पाहुना वा छरछिमेकका जो कसैलाई बैठक कोठामा नै बसाइन्छ । त्यसैले बैठक कोठाको रङ छनोट गर्दा आफूलाईसँगै अरुलमई मनपर्ने रंगमा पनि ध्यान दिनुपर्छ । बैठकमा यस्ता रंगहरू प्रयोग गर्नुपर्छ, जसले बैठकको भित्री भागमा आकर्षण थप्नेछ। वास्तुशास्त्र अनुसार बैठक कोठाका लागि सेतो, गुलाबी, पहेंलो, क्रीम, हल्का खैरो वा हल्का नीलो रंग छनोट गर्नुपर्छ।
यो रंग अध्ययन कोठामा
वास्तुशास्त्र अनुसार अध्ययन कक्षका लागि क्रीम कलर, हल्का बैजनी, हल्का हरियो, स्काई नीलो, पहेँलो, बदाम वा खैरो रंग छनोट गर्नुपर्छ। हल्का रङलाई वास्तुको दृष्टिकोणले शुभ मानिन्छ विशेषगरी पहेँलो रंग। यो रंगले अध्ययन क्षमता बढाउन मद्दत गर्छ ।
घरको मन्दिरका लागि
वास्तुशास्त्र अनुसार पूजा कोठाको भित्तामा हल्का पहेँलो वा सुन्तले रंग लगाउनु राम्रो हुन्छ भने भुइँका लागि हल्का पहेँलो वा सेतो रंगको ढुङ्गा छनोट गर्नु राम्रो हुन्छ ।
भोजन कक्षका लागि
वास्तु अनुसार हलुका हरियो, गुलाबी, स्काई नीलो, सुन्तला, क्रीम वा हल्का पहेँलो रङ भोजन कक्षका लागि उपयुक्त हुन्छ । हल्का रङ देखेर खाना खानेहरूको मनमा खुसी रहन्छ। भोजन कक्षमा कालो रङ बाट जोगिनुपर्छ ।
विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा , पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भनी दाबी गर्दैनौं। कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुुक्त हुन्छ ।
प्रतिक्रिया