आइतबार, वैशाख ७, २०८२

गोहीसँग सुत्न श्रीमानसँग डिभोर्स ।। रोचक कुरा ।।

नेपालखोज २०७७ साउन १६ गते १५:३२

पढ्नुहोस केही रोचककुराहरुः

१. पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति कयौ गुणा बढि हुने गर्दछ ।

२. पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।

३. एक महिलाले आफ्नो जीवनभरिमा ३ किलो लिपिस्टिक लगाउने गर्दछ ।

४. एकसय बर्ष भन्दा बढि बाँच्ने ५ मानिसहरुमा ४ महिला हुने गरेको छ ।

५. अस्ट्रेलियामा एक महिलाले आफ्नो श्रीमानलाई गोहीका कारण डिभोर्स दिइन् । ती महिला ओछ्यानमा गोही राखेर सुत्न मन पराउँथिन् भने पतिलाई यसबाट समस्या हुन्थ्यो । पतिले गोही र आफूबीच छान्नू भनेपछि महिलाले गोही छानिन् ।

६. दश हजारमा एक चल्ला समलिङ्गी हुन्छ । यस्ता चल्लाको देब्रे भाग भाले जस्तो अनि दाहिने भाग पोथी जस्तो हुन्छ ।

७. हज्जारौं वर्ष पहिलेदेखि नै छाताको प्रयोग हुँदै आएको पाइन्छ । प्राचीन कालमा कतिपय समाजमा  छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियतको समेत पहिचान दिन्थ्यो ।

प्रतिक्रिया