अमेरिकामा राष्ट्रपति ट्रम्पले गरे टिकटकमा प्रतिबन्ध घोषणा
काठमाडौं । शुक्रबार रातिदेखि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एपमा प्रतिबन्ध घोषणा गरेका छन् । चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुराकारी गर्दै भने, ‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौ ।’
उनले आपत्तकालिन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने जिकिर गरे । उनले त्यस्तो आदेश कस्तो हुनेछ भनेर चाहिँ खुलाएनन् । ‘मसँग अधिकार रहेको छ’ भनेका छन् ।
ट्रम्प प्रशासनका अधिकारीहरुले टिकटकको मालिक रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकाको सञ्चालन र व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्न सक्ने अपेक्षा राखेका थिए ।
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो । बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।
आलोचकहरुले टिकटकले संकलन गर्ने डाटा अमेरिकका बाहिर रहेको र त्यहाँबाट चिनियाँ अधिकाहरुले टिकटकको गोप्य जानकारी लिने गरेको आरोप लगाउँछन् । (बीबीसीकाे सहयाेगमा)
प्रतिक्रिया