आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालखोज
२०८० फागुन २० गते १२:२२

काठमाडौं । बाराको विश्रामपुर गाउँपालिका–१ छतवा धनका टोल बस्ने बिजय साहको किराना पसलको स्टोरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा पसल र मोटरसाइकल १ थान गरी करिब ४ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका–१० लप्से बस्ने ६५ वर्षीया बिष्णुमाया गिरीको बिष्णु एग्रो फार्म प्रालिमा विद्युत सर्ट भई गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया