राष्ट्र बैंकले गर्याे पुनः १३ अर्ब चार करोड रुपैयाँको ट्रेजरी आव्हान
नेपालखोज
२०८० फागुन २० गते १४:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही फागुन २१ गते सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने फागुन २२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको छ अर्ब पाँच करोड ५० लाख र एक सय ८२ दिने अवधिको सात अर्ब रुपैंयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८१ जेठ २२ गते र २०८१ भदौ १८ गते तोकिएको छ । यि सबै ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगत रहेका छन् । यसअघि यही फागुन १४ गते पनि राष्ट्र बैकले १२ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया