१० किलो गाँजा बरामद
नेपालखोज
२०८० फागुन २० गते १५:३०

सुनसरी । हरिनगरा गाउँपालिका–७ घुस्कीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो शनिबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना मानिसले बोरा फालेर फरार भए पश्चात बोरा जाँच गर्ने क्रममा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया