बिहीबार, वैशाख ११, २०८२

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखोज २०८० फागुन २९ गते १४:४३

काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउ हाईवे होटल नजिक सडकमा भे.१ ख ३९९८ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–४ भैसमुरा बस्ने ४० वर्षीय हरि पौडेलको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको कर्जन्हा नरपालिका–१० मन्हर्वामा ज.१ त ४६४० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय खुशि मियाको गएराति मृत्यु भएको छ ।

ट्रयाक्टरबाट लडी टायरले किच्चिएर गम्भीर घाइते भएका उनको फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया