बिहीबार, वैशाख ११, २०८२

भरूवा बन्दुकसहित पक्राउ

नेपालखोज २०८० फागुन २९ गते १६:००

रामेछाप । मन्थली नगरपालिका–१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका–११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया