आइतबार काठमाडाैं उपत्यकाभित्र ३१ जनामा देखियाे काेराेना
नेपालखोज
२०७७ साउन १८ गते १६:४२
काठमाडाैं । आइतबार काठमाडाैं उपत्यकाभित्र ३१ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित प्रेस विफ्रिङमा काठमाडाैं जिल्लामा २२ जना सहित भक्तपुरका १ जना र ललितपुरका ८ जनामा काेराेना भाइरस पुष्टि भएकाे जानकारी दिए ।
त्यस्तै देशभरका प्रयाेगशालामा ८ हजार ८ सय ६१ जनामा गरिएकाे काेराेना परीक्षणमा २ सय ४६ जनामा काेराेना संक्रमण देखिएकाे मन्त्रालयका प्रवक्ता डा. गाैतमले बताएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय ३२ रहेकाे छ भने ५७ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया