सवारी दुर्घटनामा २ जनाको मृत्यु
नेपालखोज
२०८० चैत १ गते १२:५७

काठमाडौं । सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बिष्णुपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय अरूण यादवको घटनास्थलमै मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडकमा से.१ च १५३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय बासुदेव खरेलको बुधबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया