सोमबार, वैशाख ८, २०८२

आजको विदेशी मुद्राको विनियम दर

नेपालखोज २०८० चैत ४ गते ८:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। यो पनि हिजोकै कारोबार मूल्य हो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया