एकै दिन १६ सय रुपैयाँले बढ्यो सुन, तोलाकाे १ लाख १ हजार ४ सय
नेपालखोज
२०७७ साउन २१ गते ११:१०
काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ लाख १ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
पछिल्लो दिनमा सुनचाँदीको भाउ उच्च भएसँगै कारोबार शून्य रहेको व्यवसायीहरुले गुनासो गरेका महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार प्रतितोला ९९ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ । भने मंगलबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ चाँदी १ हजार २ सय ९५ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया