तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
नेपालखोज
२०८१ वैशाख २८ गते ११:२५

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।
यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया