मंगलबार, वैशाख ९, २०८२

तोलाको १ लाख ४१ हजार ८ सय पुग्यो सुनको मूल्य

नेपालखोज २०८१ जेठ ७ गते ११:३३

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ३० रुपैयाँ प्रतितोलाका दरले बढेको छ। यस दिन चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया