सुर्खेतमा बस दुर्घटना, दुई जनाको मृत्यु
नेपालखोज
२०८१ जेठ ७ गते १४:३६

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित कटकुवा नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काले जानकारी दिए मृत्यु हुनेको सनाखत भइसकेको छैन ।
‘प्रहरी लगायतको उद्धार टोली घटनास्थल पुगिसकेको छ ।’ उनले भने, ‘दुर्घटनामा घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली केयरमा लगिदैंछ ।’ घटनाको विषयमा अन्य विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया