विदेशी मुद्राको विनिमय दर
नेपालखोज
२०८१ जेठ ८ गते ८:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। सोमबार खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको थियो।
आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ। सोमबार खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो।
कतारी रियालको मूल्य भने आज पनि स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित
प्रतिक्रिया