कैलालीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु
नेपालखोज
२०८१ जेठ ८ गते १०:३८

कैलाली । कैलालीमा चट्याङ लागेर १५ वर्षीया एक किशोरीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका ९ उत्तरपूर्वा बस्ने लालसिंह बिककी १५ वर्षीया छोरी ममताको गएराति चट्याङ लागर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पसलबाट घर फर्कने क्रममा सडकमा हिँडिरहेको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । ममता स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया