सोमबार, वैशाख ८, २०८२

लकडाउनमा एक चौथाइ कर्मचारी कटौती

नेपालखोज २०७७ साउन २१ गते २०:२७

काठमाडौं । लकडाउनको अवधिमा एक चौथाइ कर्मचारी कटौती गरिएको पाइएको छ।

नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’अनुसार लकडाउन अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग\व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग\व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइयो।

‘यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग\व्यवसायले झण्डै एक चौथाइ कर्मचारी\कामदार कटौती गरेको पाइएको छ। यसरी कटौती हुने मध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

सोही अवधिमा उद्योगरव्यवसायले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योगरव्यवसायको उत्पादनरकारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ।

प्रतिक्रिया