बुधबार, वैशाख १०, २०८२

इलामको माई खोलामा डुबेर दुई बालकको मृत्यु, ३ जनाको उद्दार

नेपालखोज २०८१ जेठ ११ गते ९:१६

काठमाडौं । इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय किस्मन आङदाम्बे रहेका छन् ।

लिम्बूको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । उनीहरु सकुशल छन् ।

प्रतिक्रिया