इन्स्टाग्राम पोस्टबाट करोडौँ कमाई !

काठमाडाैं । होपर एचक्यू ( Hopper HQ )नामको इन्स्टाग्राम शेड्यूलिंग टूलले एउटा इन्स्टाग्राम रिच लिस्ट घोषणा गरेको छ। यो सूचीको शीर्षमा फुटबलर क्रिस्टियानो रोनाल्डो छन्, जसले प्रत्येक पोस्टबाट करिब ४१ करोड रुपैयाँ कमाउँछन्। रोनाल्डोलाई इन्स्टाग्राममा ५९ करोड ६० लाखले फलो गरेका छन् ।
दोस्रो नम्बरमा मेस्सी
विश्वका सबैभन्दा मनपराईने फुटबल खेलाडीको सूचीमा लियोनल मेस्सी पनि छन् । मेस्सीलाई ४७.९ करोड मानिसले फलो गरेका छन् र उनले हरेक पोस्टबाट करिब ३४ करोड रुपैयाँ कमाउँछन्।
शीर्ष पाँच
रोनाल्डो र मेस्सीपछिका शीर्ष पाँच सेलिब्रेटीमा अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज तेस्रो, अमेरिकी सोसाइटी काइली जेनर चौथो र ‘द रक’ भनेर चिनिने पूर्व रेसलर ड्वेन जोन्सन पाँचौं स्थानमा छन् । ।
अफ्रिकी नाम
यो सूचीमा केही अफ्रिकी सेलिब्रेटीहरू पनि छन्। तिनीहरूमध्ये शीर्षमा इजिप्टकका फुटबल कप्तान मोहम्मद सलाह छन्, जसलाई मो सलाह पनि भनिन्छ। उनलाई ६.१ करोड मानिसले फलो गरेका छन् भने उनले हरेक पोस्टबाट करिब साढे ४ करोड कमाउँछन्।
२२ करोड प्रति पोस्ट
भारतीय क्रिकेटर विराट कोहली इन्स्टाग्रामबाट कमाइको हिसाबले शीर्ष २० व्यक्तिमा परेका एक मात्र भारतीय हुन्। कोहलीले प्रत्येक प्रायोजित पोस्टबाट लगभग २२ करोड रुपैयाँ कमाउँछन्। उनी यो सूचीमा १४ औं स्थानमा छन् । तर, विराटले आफ्नो कमाइको तथ्यांकलाई अस्वीकार गरेका छन् । यो सूचीमा स्थान पाउने दोस्रो भारतीय सेलिब्रेटी प्रियंका चोपडा २९ औँ स्थानमा छिन् । उनलाई इन्स्टाग्राममा ८.८ करोड मानिसले फलो गरेका छन् र उनले हरेक पोस्टबाट ७ करोड रुपैयाँ कमाउँछिन्।
प्रतिक्रिया