नेको इन्स्योरेन्सद्वारा खेर नजाने बिमा योजना सुरु
नेपालखोज
२०८१ भदौ ७ गते ५:५४

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले खेर नजाने बिमा योजना सुरु गरेको छ । नेकोले आफ्ना ग्राहकहरुको सूविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बिमा योजना ल्याएको हो ।
यात्रा बिमा अन्तर्गत तपाईं आफ्नो देश बाहिर यात्रा गर्दा हुने अप्रत्याशित र आपतकालिन खर्चहरुको जोखिम बहन गरिने कम्पनीको भनाई छ ।
यस अन्र्तगत यात्राको क्रममा हुन सक्ने व्यक्तिगत दुर्घटना, अप्रत्यासितरुपमा हुन सक्ने मेडिकल खर्च, व्यक्तिगत दायित्व, यात्रामा हुने ढिलाई, हाईज्याक अर्थात अपहरण, कानुनी खर्च आदि रहेका छन् ।
यो योजना अन्र्तगत बैदेशिक यात्रामा रही माथि उल्लेख भएका अनेक सुविधाहरुको साथसाथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौंसम्म पनि स्वास्थ उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया