बुधबार, वैशाख १०, २०८२

आबुखैरेनी दुर्घटनाः १४ भारतीय पर्यटकको मृत्यु,१५ जना घाइतेकाे उद्धार

नेपालखोज २०८१ भदौ ७ गते १२:३७

काठमाडौं। तनहुँमा भएको भारतीय पर्यटक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका थप १५ जना घाइतेकाे उद्धार भएकाे छ ।  शुक्रबार बिहान आबुखैरनीस्थित ऐना पहरा छेउबाट बस मर्स्याङ्दी नदीमा खसेको थियाे ।

दुर्घटनास्थलमा उद्धारमा खटिएका प्रहरी अधिकारीकाअनुसार अहिलेसम्म १४ जनाको शव निकालिएको छ। १५ जना घाइतेकाे उद्धार भएकाे छ ।  दुर्घटनामा परेको बस ४० जना भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं आउँदै थियो । 

प्रतिक्रिया