सोमबार, वैशाख ८, २०८२

महालक्ष्मी विकास बैंक अब आईएसओ ९००१: २०१५ प्रमाणित

नेपालखोज २०८१ भदौ ७ गते १८:५४

काठमाडौ । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त ९००१ः २०१५ प्रमाणित कम्पनी बनेको छ । गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ गतेदेखि लागुहुने गरी बैंक प्रमाणित हुन सकेको हो ।

बैंकले प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टीभिटिज अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

यस प्रमाण पत्रप्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोयल इम्प्याक्ट सर्टिफिकेशन लिमिटेड युएसएद्धारा गरिएको थियो ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया