मंगलबार, वैशाख ९, २०८२

कोरोना कहर : विश्वभर संक्रमितको संख्या १ करोड ८९ लाख नाघ्यो !

नेपालखोज २०७७ साउन २३ गते ७:३१

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या विश्वमा १ करोड ८९ लाख पुगेको छ। ओल्डोमिर्टसको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो।

हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना डिस्चार्ज भइ घर फर्किएका छन् ।

यसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ हालसम्म संक्रमितको संख्या ४८ लाख ७६ हजार ७ सय ९० पुगेको छ भने १ लाख ५९ हजार ९ सय ९० जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा २९ लाख १२ हजार २ सय १२ संक्रमित र ९८ हजार ४ सय ९३ को मृत्यु, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ संक्रमित र ४० हजार ६ सय ९९ को मृत्यु र रुसमा ८ लाख ७० हजार १ सय ८७ संक्रमित र १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया