सोमबार, वैशाख ८, २०८२

आशा लघुवित्त वित्तीय संस्था ८ वर्ष पुरा गर्दै ९ औं वर्षमा प्रवेश

नेपालखोज २०८१ भदौ १५ गते १८:३९

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था आठ वर्ष पुरा गर्दै नाै औं वर्षमा प्रवेश गर्न सफल भएकाे छ ।  

८ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देशमार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले ८ वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग पुर्याउने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, ग्राहक सदस्यहरू, कर्मठ कर्मचारीहरूलगायत स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मूल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार सुरु गरेको हो ।

प्रतिक्रिया