मंगलबार, वैशाख ९, २०८२

घट्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८१ भदौ १७ गते ११:१६

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया