अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका–६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका–१७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ४१ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका ४० वर्षीय सन्तोष कुमार ठाकुर र ३० वर्षीय सुजित कुमार राय रहेका छन् । प्रहरी चौकी इनरूवा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
तनहुँ, व्यास नगरपालिका–१० अधेरी भञ्ज्याङ बस्ने ४२ वर्षीय मनभुजा कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा कुमाल समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय १० रूपैयाँ र ८० पत्ति तास सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका–६ धुराफाँटस्थित तारा कुमार श्रेष्ठको अश्विन होटल तथा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५१ वर्षीय शुक्रलाल वाईवा समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रूपैयाँ र ५ सय ३२ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेत एघार घुम्तीस्थित सडकमा प्र.२–०३–०११ प ३४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका–१५ लक्षुमन्वा बस्ने ४० वर्षीय वृत नारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लगिएको छ ।
सुनसरीको गढी गाउँपालिका–२ भमरी चोकस्थित सडकमा को.२ ह १८३७ नम्बरको टेम्पोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने प्रमोद साह हलुवाईको छोरा ४ वर्षीय प्रमन साहको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाएर तथा डुबेर मृत्यु
मकवानपुर, बकैया गाउँपालिका–६ जस्पल बस्ने ४२ वर्षीया नानिमायाँ तितुङको सोही गाउँपालिका–६ स्थित कैलेनी खोलाले बगाएर मृत्यु भएको छ । बारा निजगढ नगरपालिका–१० स्थित आफ्नै पसलबाट घर फर्किने क्रममा आइतबार दिउँसो उक्त खोलाले बगाई बेपत्ता भएकी उनको बारा कोल्हबी नगरपालिका–२ बकैया खोलामा सोमबार शव फेला परेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका–७ परासनस्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीय जन्तरी रानाको सोमबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
बैतडीको पाटन नगरपालिका–६ डुङग्रा बस्ने ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै ग्याबिङ जालीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको डियस मेडिकल पाटनमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिका–३ लोचनी सोमबारे बस्ने ३९ वर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै गोठमा पानीको विद्युतीय मोटर चलाई सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–५ रजमन्टार डाँडागाउँ बस्ने ७० वर्षीय भिम बहादुर श्रेष्ठको करेन्ट लागेर सोमबार राती मृत्यु भएको छ । आफ्नै घरमा रहेको विजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया