एयर इन्डियाको विमान अवतरण गर्दा दुर्घटना, विमानमा १ सय ९१ यात्रु सवार थिए
नेपालखोज
२०७७ साउन २३ गते २१:३३
एजेन्सी । एयर इन्डिया एक्प्रेसको बोइंग विमान केरलाको कालीकटमा दुर्घटनामा परेको छ। बोइंग- ७३७ विमान चालक दलसहित १९१ यात्रु लिएर दुबईबाट आएको थियो।
कालीकट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार दुई जनाको निधन भएको र ४० जना घाइते भएको हिन्दुस्तान टाइम्सले छापेको छ।
विमान टुक्राटुक्रा भएको छ। भारतीय समयअनुसार साँझ ७ बजेर ३८ मिनेट जाँदा बिमान दुर्घटनामा परेको हो। घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया