शनिबार, वैशाख ६, २०८२

कविता : नास्तिक

बसन्त बस्नेत २०८१ भदौ २५ गते ९:३३

यो आगो नि कस्तो ?
सुख्खा सुख्खा परालको टौवा जलाउन नि नसक्ने
पेट्रोल छर्दा नि बस सुँघिएर बस्ने
जस्तो धर्म छाडेको आगो
एक नास्तिक आगो
न तातो दिन जान्छ
न जलाउन सक्छ
नाम मात्रको आगो
यो नास्तिक आगो

यसरी न पगाल्नु नि फलाम लाई
धर्म नै भुल्ने गरि
अब झ्यालखानाका सरिया जम्मै बाङ्गिन थाले
कैदीका हतकडी जम्मै पग्लिन थाले
सजाय स्वरुप गोली ठोक्दा पनि
काउकुती मात्र लगाउने भो
फलामले धर्म भुलेकै कारण
नास्तिक फलाम भएकै कारण ।

प्रतिक्रिया