एन्फा महिला लिग : निरन्तर सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शन
नेपालखोज
२०८१ भदौ २५ गते १७:०८

काठमाडाैं । राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शनले निरन्तरता पाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेश त्रिभुवन आर्मी क्लबसँग १४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।
आर्मीका लागि दिपा शाहीले एक्लैले पाँच गोल गरिन् । त्यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, शान्ति बिक, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्री देवी मगरले १–१ गोल गरिन् । सुदूरपश्चिमका लागि एकमात्र गोल निलम सिंहले खेलको ६७ र्औ मिनेटमा गरेकी थिइन् ।
सुदूरपश्चिमले पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ को फराकिलो हाल व्यहोरेको थियो भने अर्को खेलमा पुलिस क्लबसंग ९–० को अन्तरले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया