सोमबार, वैशाख ८, २०८२

बङ्गलादेशमा डेङ्गुबाट ५३४ सङ्क्रमित, पाँच जनाको मृत्यु

नेपालखोज २०८१ भदौ २५ गते २०:२९

ढाका । बङ्गलादेशमा मङ्गलवार मात्रै डेङ्गु सङ्क्रमणबाट पाँच जना मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलवार थप ५३४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष हालसम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ । तथ्याङ्कअनुसार सेप्टेम्बरमा मात्रै तीन हजार नौ सय ७८ डुङ्गेका बिरामी पुष्टि भएका थियो भने अगस्टमा छ हजार ५२१ र जुलाईमा दुई हजार छ सय ६९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार डुङ्गेका कारण सेप्टेम्बरमा १९, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । जुन–सेप्टेम्बर मनसुनको समय भएकाले बङ्गलादेशमा लामखुट्टेबाट हुने रोगको जोखिम उच्च मानिन्छ ।

प्रतिक्रिया