भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला
नेपालखोज
२०८१ भदौ २५ गते २१:१६

काठमाडौं । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ ।
सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया