बिहीबार, वैशाख ११, २०८२

विश्वविजेता अर्जेन्टिना कोलम्बियासँग पराजित

नेपालखोज २०८१ भदौ २६ गते ८:५८

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा विश्वविजेता अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ ।

गएराति भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । यसँगै कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला पनि लिएको छ ।

अर्जेन्टिनी टिममा लियोनल मेसी थिएनन् । उनी चोटका कारण मैदान बाहिर छन् । कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए ।

खेलकोे ६०औंं मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे । निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो ।

प्रतिक्रिया