आइतबार, वैशाख ७, २०८२

सबैभन्दा ठुला प्लास्टिक प्रदूषक !

नेपालखोज २०८१ भदौ २७ गते १७:३०

काठमाडाैं । अहिले विश्वभर प्लास्टिकको फोहोर तीव्र गतिमा बढिरहेको छ । नेपाल सानो देश भए पनि यहाँ पनि सहरहरू देखि लिएर हिमालका फेदी अनि खोलानालाहरू सम्म प्लास्टिक प्रदूषित छन् । यद्यपि एउटा नयाँ अध्ययनले विश्वमा सबैभन्दा बढी प्लास्टिक प्रदूषण भारतमा भएको देखाएको छ । 

५७ मिलियन टन प्लास्टिक फोहोर : 

हालै गरिएको एक अध्ययन अनुसार विश्वभर हरेक वर्ष ५७ मिलियन टन प्लास्टिक प्रदूषण उत्पादन हुन्छ  जुन महासागरदेखि हिमाल अनि मानव शरीर सम्ममा फैलिएको छ। 

ग्लोबल साउथको सबैभन्दा ठुलो योगदान : 

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित यो अनुसन्धान अनुसार यो प्रदूषणको दुई तिहाइभन्दा बढी ग्लोबल साउथबाट आउँछ, जसले विभिन्न क्षेत्रहरूमा फोहोर व्यवस्थापनको असमानतालाई दर्साउँछ। 

सेन्ट्रल पार्क देखि एम्पायर स्टेट बिल्डिंग सम्म :

प्लास्टिक युनिभर्सिटी अफ लीड्सका अन्वेषकहरूका अनुसार  प्रत्येक वर्ष उत्पादन हुने प्लास्टिकको फोहोरले न्यूयोर्कको सेन्ट्रल पार्कमा एम्पायर स्टेट बिल्डिङ जत्तिकै ठुलो थुप्रो बनाउन सक्छ। 

खुला वातावरणमा फैलँदो प्लास्टिक :

यो अध्ययन खुला वातावरणमा फैलिएको प्लास्टिक प्रदूषणमा केन्द्रित थियो । यसमा ल्यान्ड फिल्ड वा राम्रोसँग जलाइएको प्लास्टिकलाई समावेश गरिएको थिएन। 

फोहोर व्यवस्थापन गर्न असफल :

सरकारहरू विश्वको १५ प्रतिशत जनसङ्ख्याको फोहोर सङ्कलन र विसर्जन गर्न पूर्णतः असफल छन जसले गर्दा दक्षिण पूर्वी एसिया तथा उप-सहारा अफ्रिकामा प्लास्टिकको फोहोरको सबैभन्दा ठुलो थुप्रो छ। 

सबैभन्दा प्रदूषित सहर :

अध्ययन अनुसार नाइजेरियाको लागोस् सहरमा सबैभन्दा बढी प्लास्टिक प्रदूषण छ भने त्यसपछि नयाँ दिल्ली, लुआन्डा, कराँची तथा अल कायरो छन् । 

संसारको सबैभन्दा ठुलो प्लास्टिक प्रदूषक भारतले हरेक वर्ष १०२ मिलियन टन प्लास्टिक फोहोर उत्पादन गर्छ, जुन नाइजेरिया र इन्डोनेसियाको तुलनामा दोब्बर हो। चीन चौथो स्थानमा छ । यद्यपि  उसले प्लास्टिकको फोहोर घटाउने काममा ठुलो प्रगति गरेको छ । 

आठ देश सबैभन्दा ठुला प्रदूषक :

भारत, नाइजेरिया, इन्डोनेसिया, पाकिस्तान, बङ्गलादेश, रुस, ब्राजिल तथा चीन संयुक्त रूपमा विश्वको आधाभन्दा बढी प्लास्टिक प्रदूषणका लागि जिम्मेवार छन्। यो सूचीमा अमेरिका ९०औँ स्थानमा तथा बेलायत १३५औँ स्थानमा छन् जसको विश्वव्यापी प्लास्टिक प्रदूषणमा निकै कम योगदान छ ।

प्रतिक्रिया