कहाँ बेपत्ता भए पत्रकार ?

काठमाडाैं । हरेक वर्ष विश्वभर सयौँ पत्रकार मारिन्छन् र दर्जनौँ बेपत्ता हुन्छन्। उनीहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । रिपोर्टर विदाउट बोर्डर्सका अनुसार पछिल्ला २४ वर्षमा विश्वभर कम्तीमा २१७ सञ्चारकर्मी बेपत्ता भएका छन् । यसमा सरकारी तथा गैरसरकारी दुवै क्षेत्र द्वारा बेपत्ता पारिएका पत्रकारहरू समावेश छन् ।
मेक्सिकोमा उच्चतम रेट
मेक्सिकोमा सन् २००० यता ३७ जना सञ्चारकर्मी बेपत्ता भएका छन् जसमध्ये ३१ वटा घटना अझै अनुसन्धानकै क्रममा छन् । यसबाहेक सन् २००० देखि २०२४ सम्म १५२ जना पत्रकारको हत्या भएको छ ।
सिरिया
पछिल्ला २४ वर्षमा सिरियामा ३५ जना सञ्चारकर्मी बेपत्ता भएका छन् जसमध्ये अधिकांश (२६) सन् २०११ र २०१४ को बिचमा बेपत्ता भएका हुन्। सिरियन नेटवर्क फर ह्युमन राइट्सका अनुसार सन् २०११ यता सिरियामा कम्तीमा ६५,००० मानिस बेपत्ता भएका छन्।
पाकिस्तान
पछिल्ला २४ वर्षमा पाकिस्तानमा २२ जना पत्रकार बेपत्ता भएका छन् भने यमनमा १२ जना पत्रकार बेपत्ता छन् । यसरी पत्रकारलाइ जबरजस्ती बेपत्ता पारिने घटना संसारभर फैलिएका छन्। अहिले हरेक वर्ष ठुलो सङ्ख्याका पत्रकार तथा ब्लगहरू यसबाट पीडित भइरहेका छन्।
आरएसएफका महासचिव क्रिस्टोफ डेलोइरले चीन, सिरिया, अफ्रिका तथा दक्षिण अमेरिकाका विभिन्न क्षेत्रहरूमा बलपूर्वक बेपत्ता पारिने अभ्यासको विकास र फैलावट भएको अनि पीडितहरूको सङ्ख्या समेत बढेको बताएका छन् ।
प्रतिक्रिया