हुवावेले कोरोनापछि एशिया प्यासिफिकमा डिजिटल रुपान्तरणका लागि सशक्त हुँदै
काठमाडौं । डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेजको विषयवस्तुमा ह्वावेले एपीएसी इन्टर्प्राइज डिजिटलाइजेसन शिखर सम्मेलन बिहीबार अनलाइन आयोजना गरिएको थियो ।
संस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटल आईटी र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृत (सिइओ) को नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ, शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुप उपाध्यक्ष सान्ड्रा एनजीले भने ।
यस रूपान्तरणको सहज प्रगति सुनिश्चित गर्न उद्यमहरू प्राविधिक चुनौतीहरूलाई लिएर लचिलोे र अनुकूली हुनुपर्दछ, स्यान्ड्रा एनजीले टिप्पणी गरे । “आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड” अनुसार, २०१९ मा, एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८ खर्ब अमेरिकी डलर खर्च भएको थियो ।
यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४ प्रतिशतको वार्षिक बृद्धि भई लगानी बढ्ने छ । उद्योगका अग्रणीहरू र एशिया प्रशान्तका चिन्तन गर्ने नेतृत्व भेला भएर कसरी इनोभेटिव आईसीटी टेक्नोलोजी जस्तै फाइव जी, क्लाउड र एआईमार्फत उद्यमहरूले डिजिटल रूपान्तरणको गति बढाउन मद्दत गर्न सक्दछ र कोभिड–१९ पछिको विश्वमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्न सकिन्छ भन्ने बारे छलफल भएको हो ।
कोभिड–१९ महामारीका कारण औद्योगिक डिजिटलाइजेसनले द्रुत विकासको चरणमा दृढ लचिलो बजार र बृद्धिको ठूलो सम्भावना भएको संकेत हो । भविष्य उन्मुख ईलास्टिक आईसीटी आर्किटेक्चरले उद्यमहरूलाई ब्ल्याक स्वान घटनाको प्रभावको सामना गर्न र ब्यापार मोडेलहरू परिवर्तन गर्न मद्दत गर्दछ ।
व्यापक इन्टेलिजेंसको लागि हरेक क्याम्पसमा डिजिटल प्रबिधी
फाईव जि र आईओटीले तीव्र रूपमा इन्टरप्राइज आईसीटी पूर्वाधार परिवर्तन ल्याउदै छ र धेरै उद्यमहरूले आफ्नो डिजिटल रुपान्तरण यात्रामा उत्तम र उपयुक्त प्रविधि र आर्किटेक्चरको अन्वेषण गरिरहेका छन् ।
हुवावेले फाईव जि र इन्टरप्राइज नेटवर्क मा एक विश्व अग्रणीको रूपमा आईपी, ओप्टिकल र फाईव जि पहुँच समग्रमा कन्भर्जेन्ट क्याम्पस नेटवर्क निर्माण र उद्यम रूपान्तरण यात्रामा विभिन्न व्यापारिक आवश्यकताहरुलाई सम्बोधन गर्ने बारे आफ्नो धारणा साझा गर्यो ।
प्रतिक्रिया