सोमबार, वैशाख ८, २०८२

आज सोमबार भोलेनाथको दर्शन गर्नुहोस् ।। आजको राशिफल ।।

नेपालखोज २०७७ साउन २६ गते ५:००

तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मन प्रसन्न र अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनवास्यक खर्च बढ्नेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया