बुधबार, वैशाख १०, २०८२

सर्पको टोकाइबाट मृत्यु हुनेहरुको संख्या बढ्दै

नेपालखोज २०८१ असोज ५ गते १५:०५

जलवायु परिवर्तनका कारण आएको बाढीका कारण वर्षेनी हजारौं मानिसको ज्यान लिने सर्पको टोकाईको समस्या विकराल बन्दै गएको विश्व स्वास्थ्य संगठनले बताएको छ । विशेष गरी ती देशहरूमा जहाँ एन्टिभेनमको (सर्पको विषको उपचारमा प्रयोग हुने दबाइ) पहुँच एकदमै कम छ । त्यस्ता देशहरुमा यो समस्या थप घातक बन्दै गएको डब्लुएचओले जनाएको छ ।

विश्वभर हरेक वर्ष करिब २७ लाख मानिसलाई विषालु सर्पले टोक्छन्, जसमध्ये १ लाख ३८ हजार मानिसको मृत्यु हुन्छ ।

डब्लुएचओका विज्ञ डेभिड विलियम्सले जेनेभामा पत्रकारहरूलाई भने, “हरेक चारदेखि छ मिनेटमा सर्पको टोकाइबाट एक जना मानिसको मृत्यु हुन्छ । सर्पको टोकाइको समस्या सम्बन्धि विज्ञ विलियम्सले सर्पको विषबाट मर्नेभन्दा बढी मानिस अपाङ्ग हुने गरेको बताए । सर्पको विषका कारण बर्सेनि झण्डै २ लाख ५० हजार मानिस स्थायी अपाङ्गताको शिकार हुने गरेको उनले जानकारि दिएका छन् ।

अपाङ्गता ठूलो समस्या

सर्पको विषले पक्षाघात, श्वासप्रश्वासमा अवरोध, रगत सम्बन्धी विकार वा घातक रक्तस्राव निम्त्याउन सक्छ किनभने सर्पको विषले रगतलाइ जम्नबाट रोक्छ। थप रूपमा, मृगौला फेल हुन सक्छ र तन्तु क्षति हुन सक्छ, जसले स्थायी अपाङ्गता र अंगहरू गुमाउने समस्या निम्त्याउन सक्छ।

सर्पको टोकाइका अधिकांश पीडितहरू संसारको उष्णकटिबंधीय र गरिब क्षेत्रहरूमा बस्छन् र बालबालिकाहरू बढी जोखिममा छन् किनभने उनीहरूको शरीरको आकार सानो र अपरिपक्व हुन्छ ।

संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले २०१९ मा यस बिषयमाचिन्ता व्यक्त गरेको थियो किनभने कतिपय कम्पनीले १९८० को दशकदेखि नै जीवन बचाउने एन्टि( भेनम औषधिहरू उत्पादन गर्न बन्द गरेका थिए, जसले अफ्रिका र केही एसियाली देशहरूमा सर्पदंशको ओैषधिको गम्भीर अभाव निम्त्यायो।

विलियम्सका अनुसार भारत सर्पको टोकाइबाट सबैभन्दा बढी प्रभावित देश हो, जहाँ हरेक वर्ष करिब ५८,००० मानिस सर्पको टोकाइबाट मर्छन्, जबकि उसका छिमेकी बंगलादेश र पाकिस्तान पनि सर्पदंशको समस्या बाट सबैभन्दा बढी प्रभावित देशहरू हुन्। भनिन्छ – पाकिस्तान, म्यानमार, बंगलादेश, दक्षिण सुडान सहित केहि अन्य देशमा पनि ठूलो बाढीपछि सर्पदंशका घटनाहरू बढेका छन्।

सन् २००८ मा ग्लोबल स्नेकबाइट इनिसिएटिभ स्थापना गर्ने विलियम्सले चेतावनी दिदै भनेका छन् – जलवायु परिवर्तनले विषालु सर्पहरूको संख्या र दायरा परिवर्तन गर्न सक्छ भने उनीहरूबाट अहिलेसम्म प्रभावित नभएका देशहरूमा पनि यसको जोखिम बढन सक्छ।

एएफपी

प्रतिक्रिया