बुधबार, वैशाख १०, २०८२

आईसीसी विश्वकप लिग–२ : क्यानडासँग भिड्दै नेपाल

नेपालखोज २०८१ असोज ६ गते ८:२३

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि हुँदै छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।

लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया